Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

केरल –  ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा व्याख्या गर्ने चलन छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ भन्ने उखान नेपाली समाजमा अझै प्रचलित छ । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल ।

भारतको केरल पर्यटकीय दृष्टिकोणले निकै प्रख्यात छ । केरलको मुन्नारमा समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्र कफी र मसला खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा अहिले पर्यटकको विशेष चहलपहल बढेको छ ।

कारण हो– १२ वर्षमा एकपटक फूल्ने फूलको प्राकृतिक सुन्दरता ।

हो, उक्त क्षेत्रमा अहिले ‘नीलकुरिन्जी’ नामक फूलले सिंगो पहाडलाई नै नयाँ रङ प्रदान गरेको छ । यो फूल १२ वर्षमा एक पटकमात्र फूल्ने गर्दछ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।

यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पुरा भएसँगै यस वर्ष फेरि यो फूलले पहाडी क्षेत्रलाई रंग्याएको छ । यही फूल फूलेको मनोरम दृष्य हेर्नका लागि पर्यटकहरु ओइरो लागेका छन् ।

सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटक सो क्षेत्रमा पुगेको बताइन्छ ।

यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ । अर्कोपटक यो फूल फूल्नका लागि १२ वर्ष प्रतीक्षा गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया