Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरहरुले निसाना लगाएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ ।

उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ । प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्ने गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा ह्याकिंगको खतरा हुने देखिएको समाचारमा उल्लेख छ ।

रिपोर्ट अनुसार आइओएस र एन्ड्रोइड प्लेटफर्ममा प्रयोग गरिने ह्वाट्सएपमा पहिलोपटक गत अगष्टमा यो बग देखा परेको थियो । फेसबुकले यहीँ महिना यो बगलाई नियन्त्रणमा लिएको बताइएको छ । तर यसबारेमा फेसबुकले कुनै टिप्पणी गरेको छैन ।

त्यसैले बग नियन्त्रणमा लिनुअघि कति ह्वाट्र्सप प्रयोगकर्ता ह्याकरको सिकार बने भन्ने थाहा हुन सकेको छैन । शोधकर्ता ट्राभिस आर्मेन्डीका अनुसार मात्र एक कलबाट ह्वाट्सएप ह्याक हुने कुरा निकै गम्भीर हो ।

अझ यस्तो संवेदनशील विषयमा ह्वाट्सएपले प्रयोगकर्तालाई कुनै जानकारी नै नगराउनु झनै गम्भीर रहेको शोधकर्ताहरुको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया