Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका हुन् । केहीदिन अघिमात्रै खानले प्रधानमन्त्री निवासमा रहेका केही कारहरु पनि लिलाम गरिदिएका थिए ।

ती ८ वटा भैँसीको बिक्रीबाट झण्डै २२ लाख रुपैयाँ उठेको छ । यसअघि बुलेटप्रुफ कारको लिलामीबाट झण्डै सात करोड रुपैयाँ बराबरको रकम उठाएर प्रधानमन्त्रीले राज्यकोषमा दाखिला गरेका थिए । प्रधानमन्त्रीले बिक्री गरेका भैँसीमध्ये केही भैँसी पूर्वप्रधानमन्त्री नवाज सरिफका समर्थकले खरीद गरेका छन् । डेरी व्यवसाय गर्ने एकजना सरिफ समर्थकले आफूले नवाजप्रतिको प्रेमका कारण भैँसी किनेको र मौका पाएमा नवाज सरिफलाई ती भैँसी उपहार दिने बताएका छन् ।

प्रधानमन्त्री निवासका भैँसी खरीद गर्नका लागि मानिसहरुले लिलामीमा चर्को बोली लगाएका थिए । जसका कारण भैँसीहरु सामान्य मूल्यभन्दा कैयन् धेरै महंगोमा बिकेका छन् ।

तपाईको प्रतिक्रिया