Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं नेपालीहरुको महान् चाड तिहारको चौथो दिन आज देशभरी परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।
भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा सुरु हुने नेपाल पाचाङ्ग समितिले जनाएको छ । मुख्य साइतपछि पनि आज दिनभर नै टीका लगाउन शुभ हुने समितिले जनाएको छ ।
भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरन्जीवीको पूजाकासाथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो मखमली र सयपत्री फूलको माला सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ फलफूल ओखर कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यसदिन विशेष सम्मानपूर्वक पूजाआजाकासाथ टीका लगाई दीर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाईको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाईटीका लगाउने परम्परा चल्दै आएको हो ।
दिदीबहिनी नहुने दाजुभाइले आज काठमाण्डौको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेव मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ । उक्त मन्दिर आज भाईटीकाको दिनमा मात्र सर्वसाधारणको लागि खुल्ला गरिन्छ ।
काठमाडौका नेवार समुदायलाई आज म्हपूजा र भोली भाई टीका गर्ने भएको छ । सरकारलॆ यसवर्षबाट भोली समेत सार्बजनिक विदा दिने निर्णय गरेको छ । ***

तपाईको प्रतिक्रिया