Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – दाजु भाई तथा दिदि बहिनीहरुकोहरुको माया तथा सम्बन्धलाई अरु प्रगाढ गराउने पर्वको रुपमा रहेको महान चाड तिहारको एक महत्वपूर्ण दिन लक्ष्मी पूजाको दिन जनप्रगतिशील मंच नेदरल्याण्डले एक चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

अक्टोबर २६ मा सम्पन्न भएको उक्त कार्यक्रममा नेदरल्याण्डस्थित विभिन्न संघ संस्था तथा स्वतन्त्र व्यक्तित्वहरुको ठूलो उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तब्य, चियापान, कविता बाचन तथा शुभकामना आदान प्रदान गरियो ।

मंचका सदस्य दीपक बोहराको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि संयुक्त नेपाली मोर्चा युरोपका सचिब तथा जनप्रगतिशील मंच नेदरल्याण्डका सदस्य तुलसी अमगाईंले विभिन्न संघ संथाका प्रमुख, प्रतिनिधि तथा स्वतन्त्र व्यक्तित्वहरुद्वारा उठाईएका जिज्ञाशाहरुको जवाफ दिंदै वर्तमान राजनैतिक अबस्थाको विश्लेषण गर्नुभएको थियो । जनप्रगतिशील मंच राजनैतिक रुपमा एनेकपा संग नजिक रहेको भए पनि बिदेशमा रहेका अरु संस्थाहरु जस्तो नेपालको राजनैतिक पार्टीको लेटरप्याड र झण्डा प्रयोग गर्ने नेपालका आफ्ना पार्टीहरुको निर्देशन अनिबार्य पालना गर्नुपर्ने अबस्थामा मंच नरहेको कुरा स्पस्ट पार्दै देशभक्त, लोकतान्त्रिक जो कोहि राजनैतिक समर्थक नेपाली यस संस्थामा आबद्द हुन सक्ने जानकारी गराउनुभयो ।

जनप्रगतिशील मंच नेदरल्याण्डका महासचिब थानेश्वर गौतमद्वारा संचालित उक्त कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेदरल्याण्डका सूर्यराज गिरीले कविता बाचन कार्यक्रम संचालन गर्नुभएको थियो जसमा कविहरु-कृष्ण विस्ट (मामा), बुद्दी सागर आचार्य, उमाकान्त रेग्मी, सागर कुँवर, पुष्प बरुवाल, अम्बिका गिरि, थानेश्वर गौतमद्वारा आ-आफ्ना रचनाहरु बाचन गरिएको थियो । सांझ ५ बजे सम्म चलेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेलले गर्नुभएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया