काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारत भ्रमण भारतीय स्वार्थ पूरा गर्नका लागि मात्र भएको आरोप लगाएका छन् ।उनले यसअघि पनि प्रधानमन्त्री भारतको रिमोट कन्ट्रोल भएको आरोप लगाउँदै आएका थिए । बासु उच्चमाध्यमिक विद्यालय र प्रभात अंग्रेजी स्कुलले तिहार तथा नेपाल संम्वत ११३२ को अवसरमा बिहीबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणले भारतीय स्वार्थ मात्र पूरा गरेको बताए ।
अध्यक्ष विजुक्छेले भारतीय एकाधिकार पूँजीले योजनाबद्ध रुपमा नेपालमाथि आफ्नो कब्जा जमाउन खोजिरहेको बताउँदै भट्टराई यसको उदाहरण भएको जिकिर गरे ।








