Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं- विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार लिएको भन्दै ती कर्मचारीलाई कारबाहीको माग गरेका छन्।
नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वर्ल्ड डट कमद्वारा बुधबार संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिले सम्बन्धित दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन्।
शेर्पा वर्ल्ड डट कमका अध्यक्ष छिरिङ शेर्पाले दिचिन डोमालाई सम्पूर्ण कागजात तयार गरी असोज २१ गते अमेरिका जाने क्रममा विमानस्थलका केही कर्मचारीले केही कागजात नमिलेको भन्दै पाँच दिन अल्मलाएपछि उनले असोज २५ गते विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतलाई एक लाख दस हजार बुझाएर असोज २६ गते अमेरिका गएको बताए।
दिचिन डोमाले चलाखीपूर्ण तरिकाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतको गतिविधिलाई भिडियो रेकर्ड गरेको दृष्य पनि आज सार्वजनिक गरिएको थियो।
सो अवसरमा विभिन्न सञ्चारकर्मीले सोही विषयलाई लिएर पिडितसंग अनलाइनमा प्रश्न सोधेका थिए।
नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिनी शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन विभाग लगायतका कर्मचारीले शेर्पा जातिका महिलालाई मात्र नभएर सबैसँग कुनै बहानामा घुस माग्ने प्रचलन रहेकाले त्यसको अन्त्य गर्न दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया