Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौं- विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार लिएको भन्दै ती कर्मचारीलाई कारबाहीको माग गरेका छन्।
नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ, शेर्पा वर्ल्ड डट कमद्वारा बुधबार संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिले सम्बन्धित दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन्।
शेर्पा वर्ल्ड डट कमका अध्यक्ष छिरिङ शेर्पाले दिचिन डोमालाई सम्पूर्ण कागजात तयार गरी असोज २१ गते अमेरिका जाने क्रममा विमानस्थलका केही कर्मचारीले केही कागजात नमिलेको भन्दै पाँच दिन अल्मलाएपछि उनले असोज २५ गते विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतलाई एक लाख दस हजार बुझाएर असोज २६ गते अमेरिका गएको बताए।
दिचिन डोमाले चलाखीपूर्ण तरिकाले असोज २१ गतेदेखि २५ गतेसम्म बस्नेतको गतिविधिलाई भिडियो रेकर्ड गरेको दृष्य पनि आज सार्वजनिक गरिएको थियो।
सो अवसरमा विभिन्न सञ्चारकर्मीले सोही विषयलाई लिएर पिडितसंग अनलाइनमा प्रश्न सोधेका थिए।
नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिनी शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन विभाग लगायतका कर्मचारीले शेर्पा जातिका महिलालाई मात्र नभएर सबैसँग कुनै बहानामा घुस माग्ने प्रचलन रहेकाले त्यसको अन्त्य गर्न दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिइन्।

तपाईको प्रतिक्रिया