Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – सरकारले कालाजार उन्मुलन भएको भन्दै कार्यक्रम बन्द गरेको क्षेत्रमै विरामी बढेका छन्  ।

सन् २०१४ मा नारायणी पश्चिममा कालाजार नभएको भन्दै सरकारले कार्यक्रम बन्द गरेपनि प्रदेश ५ मा मात्रै १ सय २ जना बिरामी भेटिएका हुन् । कालाजारको रक्त परीक्षण हुने रुपन्देहीको लुम्बिनी अञ्चल अस्पताल र पाल्पाको मिसन अस्पतालमा मात्रै यो ४ वर्षमा १ सय २ जना बिरामी भेटिएको तथ्यांक छ ।

त्यसमध्ये २ को मृत्यु भइसकेको छ । ७ जनालाई उपचारका लागि अन्यत्र रिफर गरिएको छ । सबैभन्दा बढी बिरामी पाल्पामा ४१ जना र प्युठानमा १७ बिरामी भेटिएका छन् ।

अर्घाखाँची, गुल्मी, दाङ, रुपन्देही, कपिलबस्तु, रोल्पा, सल्यान, नवलपरासी र बाकेमा ५-५ जना बिरामी भेटिएको लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनुभयो ।

लुम्बिनी अञ्चल अस्पतालका डाक्टर नन्दु पाठकले तराईमा पाइने एक विशेष खालको भुसुनाबाट कालाजार संक्रमण हुने गरेपनि पछिल्लो समय त्यो भुसाना पहाडमा पनि रोगको सक्रमण बढेको बताउनुभयो।

सन २०२० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य लिएको सरकारले अब कार्यक्रम बन्द गर्नु साटो कार्यक्रमसंगै थप चेतनामूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया