काठमाडाैं – सुरक्षागार्डका रुपमा मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीको आज मृत्यु भएको बताइएको छ ।
हिजो बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए । सुपरभाइजरले कोठामा गएर आराम गर्न भनेपनि काम गर्न सक्छु भनेर राती पनि ड्युटी गरेका थिए । उनी आज बिहान मात्रै होस्टल फर्किएका थिए । होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई साथीहरुले मृत अवस्थामा भेटेका हुन् ।
भबिलालको शव सेर्डाङ अस्पतालमा राखिएको र छिट्टै शव नेपाल पठाइने जानकारी सुपरभाइजर राजकुमार मोक्तानले जानकारी दिनुभयो । जाजरकोटका २२ वर्षे बुढाथोकी मलेसियाको इगल आइ सेक्युरिटी कम्पनीमा २६ महिना देखि कार्यरत थिए । –एजेन्सी








