Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणी पौडेलले प्राविधिक कमजोरीका कारण एसइईको नतिजामा त्रुटि हुन गएको स्पष्टिकरण दिएको हो ।

एसइईको नतिजाको ग्रेडिङ २४ घण्टा नबित्दै परिवर्तन भएको विषयलाई लिएर आलोचना भइरहेका बेला बोर्डले प्राविधिक त्रुटिका कारण एसइईको नतिजा सच्याउनु परेको जनाएको हो । बोर्डले एसइईको ग्रेडिङ फेरबदल गरेपछि सरकारले त्यसको सत्यतथ्य छानबिन गर्न समिति नै गठन गरेको छ । शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

अाज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष पौडेलले घटनाबारे यथार्थ जानकारी गराउन आफूहरूको माग अनुसार नै छानबिन समिति गठन गरिएको दाबी गर्नुभयो । उहाँले समितिलाई छानबिनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । छानबिन समितिलाई एसइईको नतिजा सार्वजनिक गर्दा भएको प्राविधिक त्रुटिबारे छानबिन गरी आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ।

तपाईको प्रतिक्रिया