Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गोरखाको भीमसेन गाउँपालिका १ मसेलका ३२ वर्षीय राजेश विश्वलाई नियन्त्रणमा लिएर कारबाही सुरू गरेको छ । छोराको कुटपिटबाट ६३ वर्षकी आमा बिबा विश्वको असार ८ गते मृत्यु भएको थियो ।

असार ९ गते बिबाको शव जलाउन दरौंदी नदी किनारस्थित घाट पुगेका छोरासहित १८ जना मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बिबाको हत्या भएको आशंकामा प्रहरीले शव नियन्त्रणमा लिएको हो । बिबाको टाउको, हातगोडा र अनुहारमा चोट थियो । जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि गोरखा जिल्ला अस्पताल ल्याएको थियो ।

कुटपिटबाट बिबाको मृत्यु भएको पोस्टमार्टमबाट देखिएपछि छोरासहित मलामीविरुद्ध कारबाही सुरू गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शव सदगत गर्न लैजाने छोरा राजेशसहित १८ जना मलामीलाई कर्तव्य ज्यान शीर्षकमा आइतबार मुद्दा दर्ता गरी थप अनुसन्धान सुरू गरेको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया