Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – नयाँ शक्ति पार्टी नेपालका नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गर्नुभएको छ । दुई वर्षदेखि नयाँ शक्ति पार्टीमा रहेका उहाँ उक्त पार्टी परित्याग गरि विवेकशील साझा पार्टीको उच्च नेतृत्वमा संलग्न भएका विवेकशील साझा पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘जति प्रयत्न गरे पनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने’ निश्कर्षमा पुगेको भन्दै दाहालले १० दिनअघि नयाँ शक्ति पार्टीबाट राजीनामा दिनुभएकाे थियाे । दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो प्रयास विवेकशील साझासँगको सहयात्राबाट बल्ल टुङ्गोमा पुग्ने आशा बढेको बताए । विवेकशील साझाका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले दहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने बताएका उक्त पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका उनको मुख्य नेतृत्वमा २०६३ सालमा ‘वैकल्पिक विचार मंच’को गठन गरिएको थियो  सो मञ्चले नेपालको राजनीतिभित्र र बाहिरका विशिष्ट व्यक्तित्वहरूलाई संलग्न गराएर वैकल्पिक राजनीतिको बारेमा चर्चा, छलफल, अन्तक्र्रिया र प्रकाशनहरु गर्दै आइरहेको थियो ।

 

तपाईको प्रतिक्रिया