Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – गल्कोट समाज जापानको पाचौं अधिवेशन आगामी जुलाई ३१ तारिकका दिन हुने भएको छ । समाजले जुलाई ३१ तारिकका दिन पाचौं अधिवेशन गर्ने गरी मिति तय गरेको हो ।

बाग्लुङकाे गल्कोटबाट जापान आएर विभिन्न पेशा व्यवसायमा आवद्ध गल्कोटवासीहरुको ठूलो संस्था गल्कोट समाज जापानले आफ्नो आगामी पाचौं अधिवेशन जुलाइ ३१ तारिकका दिन गर्न लागेको समाजका सचिव कृष्ण केसीले समुद्रपारिलाई जानकारी दिनुभयो । उहाँका अनुसार टोकियो ओकुबुस्थित आर एस आर्ट कोर्टमा दिउसो १ बजेदेखि अधिवेशन शुरु हुनेछ ।

गल्कोटबाट जापान आएर विभिन्न क्षेत्रमा बसोवास गर्दै आउनु सम्पूर्ण गल्कोटवासीलाई अधिवेशनमा उपस्थितीका लागि समाजले आग्रह समेत गरेको छ । सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले जापान तथा नेपालका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया