Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न बनेको छानबिन टोलीले व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ । समिति स्रोतकाअनुसार व्यापारी साहलाई बिहीबारै पक्राउ गरेर सोधपुछ थालिएको छ ।

ललितपुरको लविम मलमा रेष्टुरेन्ट भएका शाहको सम्पर्क सुन तस्करहरूसँग देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हाे । यसअघि बुधबार व्यवसायी विमल पोद्दारलाई पनि नियन्त्रणमा लिएको थियो । सुन तस्करीमा मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाललाई भने समितिले पक्राउ गर्न सकेको छैन ।

अनुसन्धान टोलीको छानविनबाट तस्करीमा प्रत्यक्ष संलग्न भएको देखिएका अग्रवाल, गोरेका भाई रमेश उप्रेती, सुन व्यवसायी बेनुश्रेष्ठ लगायतलाई पक्राउ गर्न नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले मंगलबार रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया