बेइजिङ – नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित विभिन्न सहमतिमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा ती सम्झौतामा हस्ताक्षर भएको हो । स्रोतका अनुसार नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ ।
यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको बुझिएको छ । –रासस








