सनफ्रान्सिस्को – नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका लागि क्यालिफोनियाको सनफ्रान्सिस्कोमा आयोजित विज्ञ भेला सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्वारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित विज्ञ भेला सम्पन्न भएको हो ।
३ सय भन्दा बढीको सहभागिता रहेको भेला नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित भएको संघका प्रवक्ता भुषण घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै भेलामा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
यस्तो छ संघका प्रवक्ता भुषण घिमिरेद्वारा जारी विज्ञप्ति (पूर्णपाठ) 










