Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – ईटाली र माल्टाले फिर्ता पठाउँदा भुमध्य सागरमा अलपत्र परेका ९ सय ३३ आप्रवासीलाई स्पेनले उद्धार गरेको छ । तीन वटा डुङ्गामा लिबिया नजिकबाट उद्धार गरिएका ती आप्रवासीलाई भब्य स्वागत गरिने स्पेनी अधिकारीले जनाएका छन् ।

स्पेन सरकारले उनीहरुलाई निशुल्क स्वास्थ्य सेवा र हरेक व्यक्तिको शरणार्थी सम्बन्धी अवस्थाको अध्ययन गर्ने उल्लेख गरेको बीबीसीले जनाएको छ । मानवीय संकट निम्तिन नदिन सुरक्षित सहायताको प्रबन्ध मिलाउने स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभएको छ ।

सत्तामा आएको दुई सातापछि प्रधानमन्त्री सान्चेजले आप्रवासी नीतिमा सहज हुने बताउँदै आउनुभएको छ । स्पेन जाने आप्रवासीको सहयोगका लागी रेडक्रसले मात्र १ हजार स्वंयसेवक खटाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया