Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदको तयारीको लागि नेपालले विशेष समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार पत्रकार सम्मेलनबाट टोकियो ओलम्पिक-२०२० को तयारी गर्न बिशेष समिति गठन गरेको जनाएको छ ।

‘टोकियो – २०२० तयारी कमिट’ नाम दिइएको समितिमा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्षहरु ज्योति राणा, पुरेन्द्र बिक्रम लाखे,धिरेन्द्र प्रधान, उपमहासचिव लामा टेण्डी शेर्पा, राष्ट्रिय खेलकुद परिसद (राखेप) सदस्यसचिब केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य रहेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहने समितिमा विभिन्न उपसमितिहरु पनि रहेका छन् ।

ओलम्पिक तयारी कमिटिको सल्लाहकार समितिमा खेलकुद मन्त्रालयका सचि, उपसचिव, काठमाडौं, ललितपुर र भक्तपुरका मेयर, नेपाल आर्मी,नेपाल पुलिस, एपीएफ र नेपाल चेम्बर्स अफ कमर्शलाई राखिएको छ ।

विश्व खेलकुदको महाकुम्भ मानिने जापान ओलम्पिकको लागि नेपालले ९ खेललाई बिशेष प्राथमिकतामा राखेर तयारी समेत सुरु गरेको छ । नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी,एथलेटिक्स,सुटिङ, भारोत्तोलन र स्वीमिङलाई प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया