Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राख्नु भएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, ‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भन्नुभयो, ‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिइएन् ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनियाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उहाँले सुझाउनुभयो । उहाँले भन्नुभयो, ‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ ।’

ओलीको चीन भ्रमण सफल हुन्छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गर्नुभयो । ‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया