Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

भक्तपुर – नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताउनु भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवाैं वार्षिकोत्सवको अवसरमा उहाँले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उहाँले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले ल्याएको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सके राज्यको आर्थिक विकासलाई समेत टेवा मिल्ने बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई आगामी पाँच वर्षभित्र ५०० श्ययाको देशकै नमूनाको अस्पताल बनाउने अठोट नगरपालिकाले लिएको बताउँदै अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्नेदेखि कर्मचारीकोसेवा, सुविधा वृद्धि गर्ने जानकारी दिनुभयो । त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा ज्ञानकृष्ण कायस्थले अस्पतालले हाडजोर्नी, प्रसूति, सामान्य चिकित्सकादेखि अधिकांश स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सक राखेर सेवा विस्तार गर्दै आएको जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यद्वय राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले अस्पतालबाट सबै उपचार सेवा दिन सकिने गरी सेवा र गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काँग्रेसका युवा नेता अष्टकुमार कवें, अस्पताल व्यवस्थापन समितिका सदस्य हरिदास प्रजापतिलगायतले अस्पताललाई विशेषकृत अस्पतालका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सो अवसरमा ५६ रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया