Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – भूकम्पपछि हालसम्म १ लाख ६१ हजार ४ सय ७८ परिवारले घर बनाएका छन् । ४ लाख ८४ हजार १ सय १ घर निर्माणका क्रममा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

घर निर्माणका क्रममा रहेका प्रभावितहरु मध्ये ४ लाख ४९ हजार ८ सय २ जनाले दोश्रो किस्ता भूक्तानीका लागि निवेदन दिएका छन् । ४ लाख ३९ हजार ९ सय ४१ घरलाई दोश्रो किस्ता वितरणका लागि प्रमाणीकरण गरिएको छ । यस्तै १ लाख ८९ हजार ४ सय ८ परिवारले तेश्रो किस्ताका लागि निवेदन दिएका छन् भने १ लाख ८१ हजार ७ सय ६३ घरलाई तेश्रो किस्ता रकम दिन प्रमाणित गरिएको छ ।

प्राधिकरणले अतिप्रभावित १४ जिल्लामा सर्वेक्षण गर्दा ६ लाख ७५ हजार ८४ परिवारसँग र कम प्रभावित १८ जिल्लाका १ लाख ४३ परिवारलाई घर निर्माणका लागि अनुदान दिने सूचीमा राखेको थियो । जसमध्ये १४ जिल्लामा ६ लाख २४ हजार ३ सय ८ र १८ जिल्लाका ९४ हजार ६ सय ७८ गरी ७ लाख १० हजार ३ सय ३१ घरधुरीसँग अनुदान सम्झौता गरेको थियो । यस्तै घर सामान्य चर्केको अवस्थामा मर्मतसंभार अर्थात प्रवलीकरणका लागि प्राधिकरणले अतिप्रभावित १४ जिल्लामा २४ हजार ३ सय ६८ र कम प्रभावित १८ जिल्लामा ५ हजार १ सय २५ घरलाई प्रवलीकरणको सूचीमा राखेको छ । यसरी घर प्रवलीकरण गर्न चाहनेलाई प्राधिकरणले १ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ ।

प्राधिकरणले सर्वेक्षण गरेपछि त्यसमा समावेश नभएका तथा अन्य समस्या देखाउँदै प्राधिकरणमा २ लाख ३७ हजार ८५ गुनासो दर्ता भएको थियो । १४ जिल्लाबाट २ लाख ८ हजार ७८ हजार र १८ जिल्लाबाट २८ हजार ६ सय ७ गुनासो आएको थियो । प्राधिकरणका अनुसार अति प्रभावित जिल्लामा २ लाख ५ हजार ५ सय ८४ गुनासो फर्छौट भएको छ ।

सरकारी भवन तर्फ ३ सय ७९ भवन मर्मत तथा पुनर्निर्माण गर्ने लक्ष्य लिइएकोमा २ सय २० को पुनर्निर्माण सकिएको छ भने १ सय ४७ वटा भवन पुनर्निर्माणको क्रममा रहेको छ । यस्तै स्वास्थ्य संस्थातर्फ ७ हजार ५ सय ५३ भवन पुननिर्माण गर्ने लक्ष्य लिइएकोमा ३ हजार ६ सय ३६ भवनको पुनर्निर्माण सम्पन्न भएको छ भने १ हजार ७ सय १९ भवन पुनर्निर्माण गर्न बाँकी नै रहेको प्राधिकरणको आँकडा रहेको छ ।

यस्तै साँस्कृतिक सम्पदातर्फ ७ सय ५३ को पुनर्निर्माण गर्ने लक्ष्य राखिएकोमा १ सय ६ वटाको काम सकिएको छ भने ३ सय ३० वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण हुँदै गरेको प्राधिकरणले जनाएको छ । यता स्वास्थ्य संस्थाको पुनर्निर्माको काम पनि सुस्त गतिमा अघि बढिरहेको छ । कूल ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ५ सय ४४ को पुनर्निर्माण र ६ सय ५३ को प्रवलीकरण गर्ने लक्ष्य राखिएकोमा ६ सय ४३ को पुनर्निर्माण सम्पन्न भएको छ । जसमध्ये ३ सय १२ को पुनर्निर्माण र ३ सय ३१ को प्रवलीकरण भएको हो ।

अब १ सय ४५ स्वास्थ्य संस्थाको पुनर्निर्माण हुन बाँकी छ जसमध्ये ५१ भवन पुनर्निर्माण र ९४ भवन प्रवलीकरण गर्न बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस्तै भूकम्पले भत्किएका सुरक्षा निकायका भवनतर्फ ३ सय ८३ भवनको पुनर्निर्माण गर्ने लक्ष्य राखिएकोमा ७९ भवनको निर्माणको काम सकिएको छ भने १ सय २६ भवनको पुनर्निर्माण हुँदैछ ।

यता खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य राखिएकोमा ५ सय ८१ सम्पन्न भइसकेको छ भने ७ सय ९५ पुनर्निर्माण हुन बाँकी रहेको छ । प्राधिकरणले पुनर्निर्माणको कामलाई सहायता पु¥याँउनका लागि ५० हजार जनशक्तिलाई तालिम दिएको समेत उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया