Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – विश्वकपका खेलहरू सार्वजनिक स्थानमा हेर्दा गर्नुपर्ने कुराबारे काठमाडौं प्रशासनले १० बुँदे सूचना जारी गरेको छ । आगामी बिहिबारदेखि सुरु हुन गइरहेको विश्वकप फुटबल हेर्दा होहल्ला गर्न नपाइने लगायतका बुँदा समेट्दै प्रशासनले विश्वकपसम्बन्धि सूचना जारी गरेको हो ।

सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत छन् । विश्वकपका नामम हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताउनुभयाे ।

यस्तो छ सिडिओ कार्यालयको सूचनाः – 

तपाईको प्रतिक्रिया