Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ –  आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटको मन्त्रालयगत शीर्षकमा आइतबारदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ ।

वार्षिक बजेटको सामान्य छलफल सकिएपछि मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । प्रतिनिधि सभाले विनियोजन विधेयक संशोधन दर्ताका लागि अनुमोदन गरिसकेको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल हुने बताउनुभयो । सचिवालयले मन्त्रालयगत छलफलको तालिका तय गरेको छ । मन्त्रालयगत छलफल सकिएपछि विभागीय मन्त्रीहरूले सदनमा जवाफ दिनुहुनेछ ।

वार्षिक बजेट विनियोजन विधेयक असार मसान्तभित्र पारित भइसक्नुपर्नेछ । सरकारले विनियोजन विधेयकसहितका अन्य तीन आश्रित विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरिसकेको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ २० गतेको बैठकमा विधेयक प्रस्तुत गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया