Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ — आयात उच्च र निराशाजनक निर्यातले चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरूबाट ९ खर्ब ८२ अर्ब ५४ करोड ५९ लाख ४४ हजार रुपैयाँका सामग्रीहरू आयत भएका छन् ।

……………………..
जम्मा निर्यात– आयातको ६ दशमलव ७८ प्रतिशत (६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार)
भारतसँग– ६ खर्ब ११ अर्ब १९ करोड ७१ लाख ७५ हजार
चीनसँग– १ खर्ब २४ अर्ब ९१ करोड ७० लाख ८९ हजार रुपैयाँ
आयात/निर्यात भएका मुलुक– १ सय ५२
व्यापार घाटा भएका मुलुक– १ सय २८
आयात वृद्धिदर– २१ दशमलव ७१ प्रतिशत
निर्यात वृद्धिदर– ९ दशमलव ३४ प्रतिशत मात्रै
…………………….
आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात् ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । निर्यात वृद्धिदर ९ दशमलव ३४ प्रतिशत मात्रै छ भने आयात २१ दशमलव ७१ प्रतिशत छ । यो तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासहरूले सार्थकता पाउन सकेका छैनन् भने मुलुक आयातमा झन् बढी निर्भर रहेको देखिन्छ ।
स्वदेशी उत्पादन वृद्धि तथा प्रवर्द्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको छ ।

तपाईको प्रतिक्रिया