Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं –  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट्याक बैठकमा सहभागी हुन आज मंगोलिया जाँदै हुनुहुन्छ । उलनबटारमा हुने सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली आज राती ११ बजे बेईजिङ्ग हुँदै मंगोलिया जानु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भएर मंगोलिया जाने मन्त्री ज्ञवालीले ट्रन्जीटका क्रममा चिनियाँ अधिकारीसँग बेईजिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको तयारीबारे जानकारी लिनु हुनेछ । बेईजिङस्थित नेपाली दुतावासमा उहाँले असार पहिलो साता हुने भनिएको प्रधानमन्त्री ओलीको भ्रमणको तयारी, एजेण्डा लगायत बिषयमा जानकारी लिनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन अन्तराष्ट्रिय लगानी, सुचना, सञ्चार, प्रविधि र कनेक्टिविटिकामा केन्द्रित रहनेछ । भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट्याकको संस्थापक सदस्य राष्ट्र नेपालले बहुपक्षीय सम्झौतामा सहमती जनाईसकेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले मंगोलियाका उच्च अधिकारी सहित अन्य मुलुकका समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ । मन्त्री ज्ञवाली सहित मंगोलियाका लागी गैर आवासीय राजदुत लिलामणि पौडेल सहित परराष्ट्र अधिकार उलनबटार पुग्नु हुनेछ ।

मन्त्री ज्ञवाली सहितको टोली बुधबार काठमाडौं फर्कनेछ ।

तपाईको प्रतिक्रिया