Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छैन । तर सामाजिक संजालमा निधनको खबर सार्बजनिक भएपछि परिवारजनले चिन्ता ब्यक्त गरेका छन् ।

तर शुक्रबार रातिदेखि डा.देवकोटाको निधन भएको भन्ने झुण्ठो खबर सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसप्रति डा. देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा गत वैशाखदेखि न्यूरो अस्पताल बाँसबारीमा बसेर उपचार गराइरहेका छन् । त्यसअघि उनको बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचार भएको थियो ।

५ महिना लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि गत वैशाख १८ गते देवकोटालाई नेपाल ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया