रुपन्देही – पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ ।
यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैंले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो ।








