Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

कास्की – पोखराको फेवातालमा बेपत्ता एक युवक १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत जेठ १३ गते फेवातालमा डुंगा शयर गर्दै गर्दा बेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामाको शव आज मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला डुंगामै चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । सुप्रिल तालमा डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केही पत्तो नलागेपछि पोखराबाट फर्किनुभएको थियो ।

फेवातालको शीर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डीएसपी कार्कीले बताउनुभयो । शिर भागतिरकै स्थान करिब ८० फिट गहिरो छ । उद्धारमा जुटेका टोलीका अनुसार पानीको तल्लो भाग निकै चिसो थियो ।

१८ वर्षीय सुप्रिलसँगै सिन्धुली घर भई भक्तपुर बस्ने १८ वर्षीय विशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, १७ वर्षीय सुशील कुँवर र काठमाडौं सितापाइला घर भएका १७ वर्षीय अनिल रोक्का जेठ १२ गते पोखरा आएका थिए । फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेको र साथीहरुले उनलाई बचाउने प्रयास गर्दा लाइफ ज्याकेटको तुना नबानेका कारण डुबेको साथीहरुको बताएका छन् ।

तपाईको प्रतिक्रिया