Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नेपाली राजदूतावास मलेसियाले त्यहाँ रहेका अवैधानिक कामदारहरूलाई ३० अगस्त २०१८ सम्म घर फर्किन आह्वान गरेको छ । उक्त मितिसम्म घर नफर्किने अवैध कामदारहरूलाई कडा कारवाही गरिने राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मलेसियाको आन्तरिक मन्त्रालयले आफ्नो देशमा अवैधानिक कामदारको संख्या धेरै भएको भन्दै उनीहरूलाई घर पठाउन ‘स्वैच्छिक घरफिर्ती कार्यक्रम’ सञ्चालन गरेको छ । नेपालबाट मात्र नभएर भारत, बंगलादेश, फिलिपिन्स, चीनबाट मलेसिया काम गर्न जाने कामदारहरूको ठूलो संख्या अवैधानिक रूपमा बसोबास गरिरहेको छ । ३० अगस्तपछि अवैधानिक रूपमा रहेका कामदारहरूलाई त्यहाँको आप्रवासी कानूनअन्तर्गत कारवाही गर्दै ठूलो समयसम्म जरिवानासहित ‘डिपोर्टेसन क्याम्प’मा रहनुपर्ने बताइएको छ ।

साथै उक्त मितिसम्म नयाँ भिसा लाग्नसक्ने भ्रमबाट मुक्त हुन सबै कामदारहरूलाई अपिल पनि गरिएको छ । नेपाली राजदूतावासले भिसा सकिएका र लाग्न नसकेका नेपाली अवैधानिक कामदारहरूले ‘स्वैच्छिक घरफिर्ती कार्यक्रम’को लाभ लिन आह्वान गर्दै विज्ञप्तीमार्फत् सचेत गराएको हो ।

तपाईको प्रतिक्रिया