Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् परराष्ट्रविद् डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुने बताउनु भएकाे छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको रेल सञ्जाल विस्तार लगायतका १० बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । ओली नेतृत्वको अघिल्लो सरकारले पारवहन तथा यातायात सन्धि, उत्तर-दक्षिण राजमार्ग निर्माण, क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण, आर्थिक लगानी वृद्धि लगायतको सहमति चीन सरकारसँग गरेको थियो ।

सोही सहमतिलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको चीन भ्रमणले प्राथमिकता पाउनुपर्ने नेता भट्टराईको जोड छ । नेता भट्टराईले मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तिका लागि पनि प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी बढाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । भट्टराईले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ आयाम दिनेगरी आफूहरुले सरकारलाई सुझाव दिने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया