Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

बागलुङ – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गर्नुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एकताका लागि छलफल अघि बढेको बताउनुभयो ।

पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गर्नुभयो । नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो औँल्याउनुभयो । फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उहाँको भनाइ थियो । ‘दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ’, उहाँले भन्नुभयो । नेता पौडेलले विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरिने बताउनुभयो ।

धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उहाँले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिनुभयो । ‘हामी कम्युनिष्टहरु समेट्दै जान्छौँ, नेपाली काँग्रेसले पनि नजिकका दलहरुलाई एकतामा ल्याओस्,’ उहाँले भन्नुभयो । मधेशका मुद्दा सम्बोधन गर्न र राष्ट्रिय एकतालाई सुदृढ पार्न फोरमलाई सरकारमा ल्याइएको उहाँको भनाइ छ । ‘ससंद्मा अंक पुर्याउनभन्दा पनि राजनीतिक स्थायित्वका लागि फोरमलाई सरकारमा ल्याएका हौँ, उहाँले भन्नुभयो । फोरम आएसँगै संसद्मा सरकार झन बलियो भएको पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया