Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

न्युयोर्क –  एक अमेरिकी अदालतले दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई ५३.९ करोड अमेरिकी डलर तिर्न आदेश दिएको छ । एप्पलको आइफोनको विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो ।

दुई ठूला स्मार्टफोन निर्माता कम्पनीबीच लामो समयदेखि कानुनी विवाद चल्दै आइरहेको थियो । सन् २०११ मा एप्पले सामसुङमाथि आफ्नो पेटेन्ट उल्लंघन गरेको आरोप लगाएपछि यो विवाद शुरु भएको थियो ।

एक वर्षपछि एप्पललाई सामसुङले १.०५ अर्ब डलर तिर्नुपर्ने निर्णय सुनाएपनि दुवै कम्पनी सामसुङले तिनुपर्ने रकमको विषयमा कानुनी लडाईंमा रहेका छन् ।

एप्पलको तीनवटा डिजाइन प्याटेन्ट उल्लंघन गरेका भन्दै ५३.३३ करोड डलर र दुईवटा फङ्सनको प्याटेन्ट उल्लंघन गरेको भन्दे बाँकी रकम तिनुपर्ने बताइएको थियो ।

एक वक्तव्य जारी गर्दै एप्पले अदालतको निर्णय स्वागत गर्दै सामसुङले आफूहरुलाई सो रकम तिनुपर्ने बताएको छ । एप्पलले यो मुद्दा पैसाको भन्दा पनि एप्पलमा काम गर्नेहरुको मिहिनेतको विषय भएको बताएको छ ।

यता, सामसुङले भने आफूले मात्र २.८ करोड डलर मात्र तिनुपर्ने तर्क प्रस्तुत गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया