Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

गर्मी मौसममा धेरैलाई घरबाट बाहिर निस्कन नपरे पनि हुन्थ्यो भन्ने नै लाग्छ किनभने घामले तपाईंको रंग, निखार तपाईंबाट खोस्छ र यसलाई कालो, रुखो बनाइदिन्छ । फलस्वरुपः बिस्तारै अनुहारको छाला चाउरी पर्न थाल्छ ।

त्यसकारण गर्मी मौसममा आफ्नो छालाको रामो स्याहार गर्नुपर्छ ।

अमिलो फलफूल र पानीको सेवनः

अमिलो फलफूलजस्तै सुन्तला, कागती र अंगुरजस्ता फलको अत्यधिक सेवन गर्दा यसबाट पर्याप्त मात्रामा भिटामिन सी पाउन सकिन्छ । भिटामिन सी कोलाजन र छालाका लागि अन्य प्रोटिन बनाउन सहायक हुन्छ । यसले तपाईंलाई चाउरीबाट बचाउन सक्छ । चाउरीपनाको सफल उपचारका लागि अत्यधिक पानी पिउन आवश्यक छ । दिनमा कम्तीमा पनि १२ –१३ गिलास पानी पिउनुहोस् ।

अण्डाको फेसप्याकः

चाउरीपनाबाट बच्नका लागि अण्डाको सेतो भाग निकै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागलाई कचौरामा फिटेर फेसप्याक जसरी लगाउँदा चाउरी हट्छ ।

कम मेकअपः

गर्मी मौसममा चिपचिप नहुने वा वाटर प्रुप मेकअपको प्रयोग गर्नुहोस् । गर्मी मौसममा फ्रेश देखिन दिनमा थुप्रै पटक अनुहारमा चिसो पानीले छर्कनुहोस् ।

छालालाई चिसो बनाउन फेसप्याकः

अनुहारलाई चाउरीबाट बचाउनका लागि गर्मी महिनामा चन्दनको प्याक लगाउनुहोस् । यसले अनुहारलाई चिसो बनाउँछ । गुलाबजललाई बरफमा जमाएर ती क्यूब्सले चाउरी परेको ठाउँमा मोल्नुहोस् । यसो गर्दा चाउरीलाई हटाउन सहयोग गर्दछ ।

काँक्रोलाई स–सानो टुक्रामा काटेर त्यसलाई आँखा वरिपरि र चाउरी परेको भागमा मोल्नुहोस् । मुल्तानी माटोलाई गुलाब जल राखेर अनुहारमा लगाउनुहोस् । यसो गर्दा छालाबाट टक्सिन बाहिर निस्कन्छ र चाउरीपना पनि कम हुन्छ ।

भिटामिन इ क्याप्सुलः

यसले चाउरीपनालाई टाढा राख्न सहयोग गर्दछ । तीनवटा भिटामिन इ क्याप्सुललाई एउटा कचौरामा हाल्नुहोस् र त्यसमा दुई चम्चाख दही, आधा चम्चा मह र आधा चम्चा कागतीको रस मिसाउनुहोस् । राम्रोसँग फिटेर यो प्याकलाई अनुहारमा लगाउनुहोस् र १० मिनेटसम्म छोड्नुहोस् । त्यसपछि फेसलाई हल्का मसाज गरेर पानीले धुनुहोस् ।

सनस्क्रिन आवश्यकः

गर्मी मौसममा सकेसम्म कम बाहिर निस्कनुहोस् । बाहिर निस्कनै परे चस्मा र टाउको ढाकेर निस्कुहोस् । साथै छाताको छाता पनि ओढ्नुहोस् । अनुहारमा चाउरी पर्न नदिन सनस्क्रिन लगाएर मात्र बाहिर निस्कनुहोस् । गर्मीबाट तातेर घरमा आएलगत्तै मुख नधुनुहोस् । एकछिन बसेर मुख धोएपछि मोइस्चुराइजिङ क्रिम लगाउनुहोस् । दैनिक सुत्नु अघि चाउरी परेको ठाउँमा नरिवलको तेलले मसाज गर्नुहोस् । यसो गर्दा चाउरी कम हुन्छ ।

तपाईको प्रतिक्रिया