Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन्तै हटाउनु पर्नेछ नभए विभिन्न रोगको शिकार हुनुपर्छ । पर्समा हामी पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका वस्तु राख्छौं जसले पर्स निकै मोटो बनाउँछ । यस्तोमा यदि तपाईंले पछाडिको खल्तीमा यस्ता मोटो पर्स राख्नुहुन्छ भने यसले तपाईंको शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ । त्यसकारण पछाडिको खल्तीमा पर्स राख्दा तपाईंले विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ ।

साइटीका रोगको सम्भावनाः
जब तपाईं पर्सलाई पछाडिको खल्तीमा राखेर बस्नुहुन्छ यसले कम्मरमा दबाब पार्छ । कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ । यसले समस्या पैदा गर्छ ।

रक्त संचारमा बाधा पुग्नेः
हाम्रो शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्ने गर्दछ । कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ । मोटो पर्स राखेर बस्दा यी नशामाथि दबाब पर्ने गर्छ जसका कारण रक्तसंचारमा प्रभाव पर्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।

खराब हुनसक्छ मेरुदण्डको हड्डीः
पछाडिको खल्तीमा पर्स हुँदा शरिरको ब्यालेन्स ठिक हुँदैन जसका कारण व्यक्ति सीधा बस्न सक्दैन । यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ ।

फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः
पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ । विशेषगरी युवा यो रोगको शिकार हुन्छन् । पायरी फोर्मिस रोगबाट छुटकारा पाउनका लागि शल्यक्रिया गराउनुपर्छ ।
त्यसकारण तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

तपाईको प्रतिक्रिया