Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
फुकुइको सुरुगामा अवस्थित कानेगासाकी पवित्र स्थलमा चेरी फुलेको जगमगाहट। नेभिन थम्पसनले खिंचेको तस्वीर।

मार्चको अन्त्य र अप्रिलको सुरुवात जापानको धेरै जसो भागमा चेरी फुल्ने समय हो। जापानी नयाँ वर्षको वास्तविक सुरुवात, मार्चको अन्त्य र अप्रिलको सुरुमा चेरी फुल्ने अपेक्षा गरिन्छ।

नयाँ विद्यालय वर्ष अप्रिलमा शुरु हुन्छ र त्यसबेला कर्मचारीहरूले सामान्यतया उनीहरूको काम सुरु गर्छन्। फुलेका चेरीहरूले सबैलाई नयाँ वर्षमा स्वागत गरेको मानिन्छ। हालसालै, जलवायू परिवर्तनका कारण, चेरी एक वा दुई हप्ता अगावै फुलेका छन्।

सन् २०१८  मा मौसम र चेरीले एक अर्कालाई साथ दिएका छन्। केही दिनका लागि सबैले आफ्ना काम छाडेर, भुइँमा निलो त्रिपाल ओछ्याई खाँदा, पिउँदा चेरी फुलेको मज्जा लिन्छन् र सके जति गाउँछन्।

दक्षिणी नारा प्रान्तको योशिनो जापानकै सबभन्दा प्रख्यात चेरी फुलेको हेर्ने स्थानहरूमध्ये एक हो।

पहाडका तल र माथि चेरीका फूलले ढकमक्क ढाकेका रूखहरूको बगानले ती स्थानलाई रमणीय बनाउँछन्।

योशिनोका विभिन्न उंचाइमा रहेका बगानहरूमा विभिन्न प्रजातिका चेरी रोपिएका छन्। यसले गर्दा वसन्त ऋतुको विभिन्न समयमा ती रूखहरूमा फूल फुल्छन्।

जापानका धेरै जसो भागमा मार्च र अप्रिलमा चेरी फुल्छन् भने चिसो मौसम भएको उत्तरपूर्वी जापानका प्रान्त र क्षेत्रहरूमा अप्रिलको अन्त्यसम्म पनि फुल्न सुरु गर्दैनन्।

क्योटोबाट दुई घण्टाको दुरीमा रहेको माझीहरू बस्ने सानो शहर ओबामानेर प्रख्यात “रुने” चेरीको रूख छ।

जापान सीको किनारमा रहेको फुकुइ शहरको मध्यमा अवस्थित किल्लामा पंक्तिबद्ध फुलेका चेरीका रूखहरूमा रात्रीको समयमा बत्ती बालिन्छ।

टोकियोको युएनो पार्क पूरै जापानमा नभए पनि शायद टोक्योको सबैभन्दा लोकप्रिय चेरी फुलेको हेर्ने क्षेत्र हो। प्रत्येक वसन्त ऋतुमा लाखौं मानिस चेरी फुलेको हेर्न युएनो पार्क आउँछन्।

परिवार र साथीभाइका समूह भुंइमा निलो त्रिपाल ओछ्याउँछन् र खान्छन्, पिउँछन् अनि साधारणतया चेरी फुलेका रूखमुनि आराम गर्छन्। धेरै कम्पनीहरूले चेरी फुलेको हेर्न भ्रमणको आयोजना गर्छन्।

यस बेला मौसम साधारणतया अलिक चिसै हुन्छ। वर्षा भएको खण्डमा पानीले फूलका पंखुडी बगाई लाने हुनाले चेरी फुल्ने समयको चाडै अन्त्य हुन्छ।  तर सुन्दर मौसम नजिकै पर्खी बसेको हुन्छ।

फुकुइ शहरको असुवा नदी।

केही दिनसम्म मात्र रहने भए पनि धेरै जापानीहरूका लागि चेरी फुल्ने अवधि वर्षभरि कै सबभन्दा प्रिय समय हो। सबैजना र सबै चीजले यो छोटो अवधिमा ध्यान केन्द्रित गरेका हुन्छन्।

तपाईको प्रतिक्रिया