Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

म्यानचेस्टर–  टोटनह्यामलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार अबेर राति सकिएको खेलमा म्यानचेस्टरले टोटनह्यामलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। योसँगै म्यानचेस्टरले एफए कपमा सवैभन्दा बढी पटक फाइनलमा स्थान बनाउने रेकर्ड बराबरी गरेको छ। टोटनह्यामलाई हराउँदा म्यानचेस्टर २० औं पटक फाइनलमा पुगेको हो।

खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टरले जित हात पारेको हो। म्यानचेस्टरका लागि एलेक्सिस सान्चेजले २४ मिनेटमा बराबरी गोल गरेका थिए। एन्डर हेरेराले ६२ मिनेटमा अर्को गोल गरेपछि म्यानचेस्टर २-१ गोलले अघि बढेको थियो।

त्यसअघि ११ मिनेटमा टोटनह्यामका डेल अलीले गोल गरेर आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

अब म्यानचेस्टरले उपाधिका लागि चेल्सी वा साउथह्याम्टन मध्ये एकसँग भिड्नेछ। दुई क्लबबीच दोस्रो सेमिफाइनलमा आइतबार प्रतिस्पर्धा हुँदैछ।

तपाईको प्रतिक्रिया