Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आफ्नो अनुहार स्वस्थ र आकर्षक होस् भन्ने विषयमा महिलाहरू बढी सचेत हुन्छन् । अनुहारलाई आकर्षक र चम्किलो बनाइराख्न उनीहरू धेरै घरेलु तथा आधुनिक तरिका पनि अपनाउने गर्छन् । तर, आफ्नै घरवरपर पाइने विभिन्न जडीबुटी तथा फलफूललाई सौन्दर्य सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा धेरैलाई थाहा नहुन सक्छ । यस्तो जानकारी विभिन्न ब्युटिपार्लर या सौन्दर्य विशेषज्ञसँग लिएर घरैमा अनुहार चम्काउन सकिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफ्नो अनुहारलाई चम्किलो बनाउन कागती र महको घोल धेरैले प्रयोग गर्छन् । यस्तो घोलको मिश्रण अनुहारमा करिब २० मिनेट दलेर त्यत्तिकै छोड्नुपर्छ । त्यसपछि सो लेपलाई चिसो पानीले पखाल्नुपर्छ । यो प्रक्रिया नियमित गर्नाले अनुहार सफा हुनुका साथै चम्किलो र स्वस्थ बन्छ ।

अनुहारको सफाइमा चिनी र सुन्तलाको पनि उपयोग गर्न सकिन्छ । त्यसका लागि चिनी र सुन्तलाको गुदीबाट बनेको झोलको प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो मिश्रण अनुहारमा मात्र नभई हात र खुट्टाको छालामा पनि लगाउन सकिन्छ । शरीरको छालामा रहेका मृत कोषिकालाई निर्मूल पार्न यो विधि उत्तम हुन्छ ।

प्राचीनकालदेखि अनुहारको चमक बढाउन चन्दनको लेप प्रयोग हुँदै आएको छ । यसले छालामा रहेका खुला छिद्रहरू कम गर्नुका साथै दाग–धब्बा हटाउन पनि सहयोग गर्छ । त्यस्तै, छालालाई कसिलो र नरमपना पनि प्रदान गर्छ । चन्दनको नियमित प्रयोगले अनुहारमा हुने चिल्लोपना कम गर्ने, फुस्रो कम गर्ने र अनुहारमा दानाहरू पनि आउन दिँदैन ।

अनुहारको चमक कायम राख्न गाजर, अंगुर र बन्दाको पेस्ट पनि लगाउन सकिन्छ । यो पेस्ट हप्ताको दुईदेखि तीनपटकसम्म लगाउँदा राम्रो हुन्छ । पेस्ट कपासले भिजाएर अनुहारको पूरै भागमा २० मिनेटजति लगाएर मसाज पनि गर्नुपर्छ । यस्तो मसाजले टोनिङको काम गर्छ । जसले छालालाई चम्किलो बनाइराख्न मद्दत पु¥याउँछ ।

तपाईको प्रतिक्रिया