Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो–तमु धिं जापानद्धारा विगत तीन वर्षदेखि संचालन हुदै आएको तमु धीं जापान रनिङ कप –२०१८ को तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य, राष्ट्र र मेलमिलापका लागि खेलकूद भन्ने मान्यताका साथ संचालन हुन लागेको फुटसल प्रतियोगिता निसी हाचियोजीमा अप्रिल १५ तारिकका दिन संचालन हुने र ३२ समूहको सहभागिता हुने कार्यक्रम संयोजक रमेशकुमार गरुङले जानकारी दिनुभयो ।
नेपाल जापान फुटबल एसोसियसनसँगको समन्वयमा संचालान हुन लागेको प्रतियोगिताका लागि टाइसिट तयार भैसकेको, कार्यक्रमलाई व्यवस्थित गरि संचालान गर्नका लागि विभिन्न उप समितिको गठन गरि सोही मार्फत कार्य भैरहेको र कार्यक्रम बिहान १० बजेदेखि संचालन हुने गुरुङले बताउनुभयो ।
तीन वर्षदेखि निरन्तर रुपमा संचालन हुदै आएको उक्त प्रतियोगितामार्फत जापानमा रहेका नेपालीहरुका बिचमा भातृत्वको विकास गरि खेलकूदप्रति सबैको चासो बढाउने उदेश्य रहेको तमु धीं जापानका संरक्षक श्री गुरुङले बताउनुभयो ।

प्रतियोगिताको टाइसिट

तपाईको प्रतिक्रिया