Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नुवाकोट – नेपाल टेलिकमको तारमा क्षति हुंदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हुंदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ ।

सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ ।

‘मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडौंबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो,’ शाखा प्रमुख चौधरीले भन्नुभयो, ‘क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।’ खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हुंदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ ।

तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् । फोन सेवा अवरुद्ध हुंदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् ।

तपाईको प्रतिक्रिया