Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

धनगढी – धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको फाइनल प्रवेशका लागि काठमाडौ गोल्डेन्सले धनगढी टिम चौराहालाई १ सय २८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको हो।

उसका लागि कस्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए। उनको पारीमा ३ चौका र २ छक्का सामेल थिए। त्यस्तै प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले सम्सद शेखको हातबाट रनआउट हुनुअघि ३६ रन बनाए।

पुस्प थापाले १६ तथा भुपेन्द्र थापाले १० रन जोड्नु बाहेक काठमाडौँका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए।

सुरुवाती अवस्थामै विकेट गुमाएपनि ज्ञानेन्द्र र अमितले काठमाडौँको इनिङ्ग समालेका थिए। तर यी दुबै ब्याट्सम्यान पेबेलियन फर्किएपछि काठमाडौँको इनिङ्ग ध्वस्त भएको हो। ९६ रन हुँदा आफ्नो चौथो विकेट गुमाएको काठमाडौँले बाँकि २६ रन जोड्दा ५ खेलाडीलाई गुमाएको थियो।

उता घरेलु टोली धनगढीका लागि सोमपाल कामी र ललित भण्डारीले २\२ तथा सुनिल धमला र सम्सद शेख र रोहन मुस्तफाले समान एक एक विकेट हात पारे।

सो क्वालिफायर खेल जित्ने टोली सोझै प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले आजै महेन्द्रनगर र अत्तरियाबीच हुने इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्न पाउनेछ।

तपाईको प्रतिक्रिया