Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीलाई सवारी र सुरक्षा प्रदान गरिने भएको छ। ललितपुर महानगरपालिकाले जोशीलाई सवारी, इन्धन र नगर सुरक्षाकर्मीको सुविधा दिन लागेको छ ।

जोशीलाई सार्वजनिक कार्यक्रममा ओहोर–दोहोर गर्न सजिलो होस् भन्ने उद्देश्यले नगर कार्यसमितिको बैठकले यस्तो सुविधा दिने निर्णय गरेको हो। यसबारे जानकारी दिन महानगर प्रमुख चिरिबाबु महर्जनसहितको टोली बिहीबार नै जोशीको निवास ललितपुर–१२ बखुम्बहाल पुगेको थियो।

महानगरको निर्णयको प्रशंसा गर्दै जोशीले अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सहज हुने प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया