Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाडौं – टुँडिखेलमा भेला भएका हजारौं नेपालीले आज एकसाथ गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन् । आयोजकका अनुसार ७५ हजारको संख्यामा उपस्थितहरुले धम्पपद वाचन गरेका हुन् ।गिनिज बुकमा रेकर्ड राख्न कार्यक्रम आयोजना गरिएको विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ । बुद्ध वचन धम्मपदमा रहेका मध्ये २५ बुँदालाई सहभागीहरुले वाचन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, सञ्चारकर्मी रवि लामिचाने, मिस नेपाल सुगरिका केसी लगायतका कलाकर्मीसमेत सहभागी हुनुहन्थ्यो ।कार्यक्रममा कलाकार धिरज राईले विदेशमा भएका नेपालीहबाट आफ्नो खातामा जम्मा भएको ४ लाख रुपैयाँ आयोजकलाई बुझाएका छन् । कार्यक्रममार्फत बुद्ध नेपालमै रहेको भन्ने सन्देश पनि दिन खोजिएको आयोजकको भनाइ छ ।

तस्बिरः नवीन पौडेल, रासस

तपाईको प्रतिक्रिया