Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
परदेशीले सारा बिदेश अघाउनु पर्छ अब।
देश बनाउनमा मिली सघाउनु पर्छ अब।।
अर्काको मुलमा अमानवीय दुख भोग्छौ कति।
आफ्नै बारिमा पसिना बगाउनु पर्छ अब ।।
गरिबीले लखेटिएका युवा हामी फर्की घर ।
पालो गरीबिलाई टाढा भगाउनु पर्छ अब।।
गरे के हुदैन आफ्नै देशमा हुन्छ सबै उठौ।
सुस्ताएका जागरहरु जगाउनु पर्छ अब।।
पिआर पर्मानेन्ट रिणा हो लिन्छौ? देशले धिकार्ला।
छोड सुन्दर मातृभूमि सजाउनु पर्छ अब ।।
बिदेशमा छुट्ने पसिना आफ्नै माटोमा बगाइ।
बाँजो खेतमा कुलो पानी लगाउनु पर्छ अब ।।
————————
     (नवलपरासी)

तपाईको प्रतिक्रिया