Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं  – मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।

मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको छ । एप्समा सरकारका विभिन्न निकाय तथा सेवा प्रदायकबाट नागरिकले प्राप्त गर्ने सेवालाई समेत समावेश गरिएको छ ।

यसअघि सो एप्स धादिङका ५२ वटा विद्यालय र सात वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा चार महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एप्सको शुभारम्भ गर्दै पछिल्लो पटक विकास भएका विज्ञान तथा प्रविधिको क्षेत्रलाई मानव अधिकारको क्षेत्रमा उपयोग गर्न सकेमा स्थानीय तहदेखि नै शुसासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष विष्णुपुकार श्रेष्ठले मुलुकको समृद्धिका लागि माथिल्लो तहदेखि नै हुने भ्रष्टाचारलाई नियन्त्रण गरी तल्लो तहदेखि नै विकासका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया