Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – सरकारले यही महिना भित्र थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ ।

भोजपुर, खोटाङ, रामेछाप, रुकुम पूर्व, रुकुम पश्चिम र महोत्तरीमा सरकारले बीमा कार्यक्रम विस्तार गर्न लागेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले बताउनुभयो । योसँगै बीमा कार्यक्रम लागु हुने जिल्लाको संख्या २८ पुग्ने छ । बीमा कार्यक्रम सुरु गर्न ती जिल्लामा दर्ता प्रक्रिया लगायत तयारी भइरहेको डा. लोहनीले जानकारी दिनुभयो ।

सरकारले गत असोज महिनामा बर्दिया, सुर्खेत, रोल्पा, सिन्धुली, सोलुखुम्बु, झापा र सुनसरीमा कार्यक्रम विस्तार गरेको थियो । बाँकी जिल्लामा प्रत्येक तीनरतीन महिनाको अन्तरमा बीमा कार्यक्रम लैजाने समितिले जनाएको छ । सेवा लिनका लागि नागरिकले जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा सदस्य बन्नुपर्ने प्रावधान छ ।

सदस्य बनेपछि एउटा परिवारले एक वर्षका लागि २ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । परिवार संख्या पाँच जना भन्दा बढी भए प्रतिव्यक्ति ४ सय २५ रुपैयाँका दरले बुझाइएको शुल्कबाट बिमितले बढीमा ५० हजार रुपैयाँ सम्मको औषधि उपचार सुविधा पाउने मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया