Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
सिटौलाले सभापतिलाई जानकारी गराएनन्
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको म्याद गर्ने निर्णय प्रति आफ्नो कुनै सहमति नरहेको जनाएका छन् ।
सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहभागी कोइरालाले आफ्नो निवासमा माहाराजगञ्जमा बेलुका पत्रकार सम्मेलन गरेर म्याद थपको निर्णयप्रति असहमति रहेको बताए । ‘संविधानसभाको म्याद थप गर्ने कुनैपनि जानकारी विनानै हठातमा प्रधानमन्त्रीले प्रस्ताव ल्याए,’ उनले भने, ‘यसमा मेरो असहमति छ ।’
सर्वोच्च अदालतको फैसला विपरित संविधानसभाको म्याद थप भएको भन्दै उनले कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । उनले सर्वोच्चको सम्मान गर्ने बताए ।
सभापति कोइरालाले संविधानसभाको म्याद थप गर्ने सरकारी निर्णयका बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको पनि  बताएका छन् ।
कांग्रेसकै तर्फबाट कानून मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद सिटौलाले लिनु भएको छ, तपाईलाई उहाँले पूर्व जानकारी गराउनु भएन त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति कोइरालो भने, ‘सिटौला जीले कुनै जानकारी दिएनन् ।’
उनले जेठ १४ गते भित्रै नयाँ संविधान जारी गर्नुपर्ने मान्यताबाट कांग्रेस पछि नहट्ने समेत उल्लेख गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया