Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं –  एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले आज बहराइनसंग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा आयोजक कीर्गिस्तानसंग हार बेहोरेको नेपालका लागि आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित हात पारे नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना कायम रहन्छ भने हारले झन कठिन बनाउनेछ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ५ बजे डोलेन ओमुरजाकोभ स्टेडियममा हुनेछ। नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसंग २-० ले पराजित भएको थियो। बहराइंनको भने यो पहिलो खेल हो।

नेपालले शनिबार युएईसंग तेस्रो खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया