Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
 
मेलबर्न-महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औ जन्म जयन्तीको अवसर पारेर अष्ट्रेलियाको मेलबर्न कोबर्गमा कवियत्री पार्वती पहारी ‘तुफान’ द्धारा लिखित कविता संग्रह ‘पर्खिरहेकाे घर’ काे विमोचन तथा दीपावली शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
 भिक्टोरियाका लागि अवैतानिक महावाणिज्यदूत चन्द्र योन्जनले उक्त कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका योन्जनले कवियत्री  पहारीलाई विदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो कृति प्रकाशन गर्नु  गौरवको विषय भएको बताउनु भयो ।उहाँले श्रस्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य विदेशमा पनि सशक्त रुपमा फैलिरहेको विचार व्यक्त गर्दै तिहारको शुभ-कामना व्यक्त गर्दै  गर्नु भएको थियो ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपाल प्रशाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछि नेपाली कविता ईतिहासले नयाँँ मोड लिएको र यस्ले गर्दा नेपाली साहित्य क्षेत्रमा धेरै कवि कवयत्रीको जन्म हुने  वातावरण सिर्जना भएको बताउनुभयो । स्तरीय रचना सिर्जना गर्न सकिएको खण्डमा थोरै सिर्जनाले पनि राम्रो परिचय स्थापित गर्न सकिने चर्चा गर्दै उहाँले  विमोचित कृति “पर्खिरहेको घर” ले  पहारीको पर्यायवाची बन्न सकोस भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो ।
साहित्यकार एवंम् मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले विमोचित कविता संग्रह ‘पर्खिरहेको घर’ को समीक्षा गर्नु भएको थियो । कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा अनुपम पोखरेल, दिकपाल पंगेनी, डा साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गर्नु भएको थियो भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाउनु भएको थियो ।
 साहित्य-संगीत जमघटको आयोजनामा भएको कार्यक्रमको सन्चालन पत्रकार वासुदेब मरहट्टाले गर्नु भएको थियो । नेपालीमा एम एड गर्नु भएकी कवियत्री पहारीद्धारा यस अघि ‘बाटो छेक्छन जून ताराले’ प्रकाशित गरिसक्नु भएकोछ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया