Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सरकार र चिकित्सकबीचको टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरू शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा छन् ।

सरकार र चिकित्सकबीच सोमबार वार्ता भए पनि कुनै निष्कर्षमा पुगेन । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा।किरण रेग्मी र चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठलगायत पदाधिकारीबीच सोमबार करिब दुई घण्टा वार्ता भए पनि टुंगोमा पुग्न सकेन ।

सरकारी पक्षसँगको वार्ता विफल भएको र आन्दोलन जारी रहेको डा. श्रेष्ठले बताए । ‘हाम्रा मागमा स्वास्थ्य मन्त्रीले लिखित प्रतिबद्घता दिन नसक्ने भनेपछि हामीले बाध्य भएर आन्दोलन जारी राख्नुपरेको हो,’ चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘असल नियतले उपचार गर्दा पनि बिरामीको मृत्यु भए लाखौं तिर्नुपर्ने, कुटाइ खानुपर्ने अवस्था नहटेसम्म काममा फर्क भनेर कसरी भन्नु ?’

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउन निर्देशन दिने सरकारी निर्णयप्रति विरोध जनाउँदै उनीहरूले सेवा बन्द गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया