Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं –  तपाईं दिनमा कति कप चिया पिउनुहुन्छ ? यदि तीन कपभन्दा बढी चिया पिउने बानी छ भने आजैदेखि त्याग्नुहोस् । त्यसो त नेपाली समाजमा चिया खाने बानी एक खालको फेसन नै बनेको छ ।

दिनको सुरुवात नै चियाबाट हुन्छ । तर, अत्यधिक चिया खाने मानिसलाई विभिन्न खालका समस्याले घेर्ने हालै गरिएको एक अध्ययनले जनाएको छ । अध्ययनअनुसार दिनमा तीन कपभन्दा बढी चिया पिउने मानिसलाई विभिन्न समस्याले सताउने गरेको भेटिएको छ ।

डाइटिसियन डा. अलका दुवेका अनुसार चियामा कैफिन हुन्छ । यसबाहेक चियामा न्युटिएन्ट्स पनि पाइन्छ । जसले गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । यसकारण चिया पिउने मानिसले अब यसको मात्रा कम गरे राम्रो हुन्छ । चिया बढी पिउनेलाई हुने समस्याबारे डा. दुवेका १० विचार यस्ता छन् :

चिया बढी खानेमा हुन्छन् यस्ता समस्या
चिया बढी पिउनेमा छटपटी बढी हुन्छ ।

इनडाइजेसन हुन सक्छ, पेटमा समस्या बढ्न सक्छ ।

हड्डी कमजोर बनाउन सक्छ ।

चियाको मात्रा बढी भएसँगै निद्रा गढबढी हुन सक्छ । निद्रा नलाग्ने समस्या बढ्न सक्छ ।

चिया नपिउँदासम्म टाउको दुख्ने, थकाइ लाग्ने तथा अल्छी लाग्ने समस्या बढ्छ । यो आफैँमा एक खालको समस्या हो ।

क्यान्सर हुन सक्छ ।

किड्नीमा समस्या बढ्न सक्छ ।

चिया बढी खाएसँगै सोडियम, पोटासियम हराउँदै जाने मात्रै होइन, शरीर निकै कमजोर बन्दै जान्छ ।

चिया खाने मानिसको शरीरबाट बढी पानी बाहिर निस्कन्छ । यसले गर्दा डिहाइडेसनको समस्या बढ्न सक्छ ।

छालामा विभिन्न समस्या देखा पर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया